जनकेन्द्रित विकास चिन्तन र नीति जरुरी

लोकनारायण सुवेदी

त्यतिबेला नै नवउदारवादीहरूले चीनको विकसित र शक्तिशाली हुँदो अर्थतन्त्रलाई निक्कै गम्भीरताकासाथ हेरेका थिए । अनि चीनको अर्थतन्त्रमा तलमाथि हुँदा पश्चिमा देशहरूको अर्थतन्त्र नराम्रोसँग धर्मराउने र धराशायी हुनसक्ने गम्भीर निष्कर्ष निकाल्दै चीनले लिने आर्थिक नीति र खुलापना के कस्तो हुने र कसरी अगाडि बढ्ने हो भन्ने कुरामा नै उनीहरूले ध्यान केन्द्रित गर्दै र चिन्ता लिँदै आएका हुन् र आइरहेका छन् ।

विश्वमा नवउदार अर्थनीतिको जुन डंका पिटिँदै आएको थियो त्यसले उत्पन्न गरेका आर्थिक मन्दी तथा वित्तीय संकटहरूको भयंकर ठूलो दुष्चक्र देखापरिसकेको छ । यस्तै दुस्चक्रले गर्दा विकसित पश्चिमा देशहरू समेत आज विकल्पको खोजीमा तल्लिन हुन थालेका छन् । नवउदारवादी अर्थतन्त्रले जुन कामको समाजिकीकरण र पुँजीको थप अझ सघन केन्द्रीकरण गरिदियो त्यसले पुँजी र श्रम बीचको संघर्षलाई अझ तीव्र बनाइदिएको छ । यसको सोझो अर्थ हो, पुँजीको शोषणको अझ बढी सिकार श्रम भयो । यसले सम्पन्न र बिपन्न बीचको खाडललाई पुर्नुको साटो अझ बढी फराकिलो बनाइदियो । अविकसित र विकसित क्षेत्र बीचको असमानतालाई पनि परिणामतः अझ गहिरो तुल्याउन पुग्यो । अन्यत्रको कुरा छोडौँ नेपालकै बैंकहरूको ऋणप्रवाहको तथ्यांक आर्थिक सर्वेक्षणले जुन प्रकाशमा ल्याएको छ त्यत्ति मात्र हेरे पनि धेरै कुरा एकदमै छर्लंग हुन्छ ।

केही वर्ष पहिला स्वीट्जरल्यान्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा जम्मा भएका पश्चिमा अर्थतन्त्रका दिग्गज पहरेदारहरूले निकालेको निष्कर्षले पनि यही यथार्थलाई राम्रोसँग उजागर गरेको छनक दिएको थियो । त्यतिबेला नै नवउदारवादीहरूले चीनको विकसित र शक्तिशाली हुँदो अर्थतन्त्रलाई निक्कै गम्भीरताकासाथ हेरेका थिए । अनि चीनको अर्थतन्त्रमा तलमाथि हुँदा पश्चिमा देशहरूको अर्थतन्त्र नराम्रोसँग धर्मराउने र धराशायी हुनसक्ने गम्भीर निष्कर्ष निकाल्दै चीनले लिने आर्थिक नीति र खुलापना के कस्तो हुने र कसरी अगाडि बढ्ने हो भन्ने कुरामा नै उनीहरूले ध्यान केन्द्रित गर्दै र चिन्ता लिँदै आएका हुन् र आइरहेका छन् ।

बास्तवमा आज ती पश्चिमा मुलुहरूले सामाजिक सुरक्षाका सबैजसो महत्वपूर्ण क्षेत्रमा अत्यधिक खर्च कटौती गर्दा पनि अर्थतन्त्रको रक्षा गर्न नसकिने स्थिति सिर्जना भइरहेको अवस्थामा नवउदारदादको वकालत गर्नेहरूको तर्कले अब काम गर्न छाडेको एकदमै प्रष्ट हुन्छ । नाफा केन्द्रित र मानवद्वेषी अर्थतन्त्रलाई काखी च्यापेर अस्तित्व बचाइराख्न र अघि बढ्न त झन् नसकिने अवस्था सिर्जना हुने भएकोले वैकल्पिक आर्थिक बाटो अब के हुन सक्छ भन्ने विषयमा उनीहरू केन्द्रित भएर छटपटिन थालेको देखिँदै आएको छ । यस परिप्रेक्षमा आर्थिक विकासमा उदाउँदो विश्वको आर्थिक महाशक्ति केन्द्र बन्दै गएको चीन र उदाउँदो भारतका बीचमा रहेको हाम्रो देशले अबलम्बन गर्नुपर्ने आर्थिक विकासको मार्गचित्र र मूलबाटो के हो भन्ने कुरामा अत्यन्तै गम्भीरतासाथ बृहत्रूपमा सोच विचार तथा विचार विमर्श गरिनुपर्ने र निष्कर्ष उपयुक्त र दीगो प्रकृतिको निष्कर्ष निकाल्नुपर्ने ज्वलन्त राष्ट्रिय आवश्यकता बन्न गएको छ र बनिरहेको छ ।

यसका लागि अहिलेसम्मको नेपाली अर्थतन्त्रको लेखाजोखा बहुआयामिक समीक्षा गरेर यस अगाडिका चुनौती तथा सामना गर्नुपरिरहेका समस्याहरू तथा भावी दिनमा उत्पन्न हुन सक्ने र सामना गर्नुपर्ने समस्याहरूलाई समेत मध्यनजर राखेर र राम्रोसँग केलाएर तिनको सही ढंगले के कसरी निराकरण गरेर अघि बढ्न सकिन्छ त्यसको सबैभन्दा पहिला निक्र्योल गर्नुपर्ने हुन्छ । अहिलेसम्म पनि हामीसँग भएका स्रोत साधनहरूको सही किसिमले परिचालन हुन गराउन एकातिर सकिएको छैन भने अर्कोतिर नेपाली अर्थतन्त्र दिनप्रतिदिन नाजुकबाट नाजुकतर बन्दै र भयावह किसिमले पराश्रित हुँदै गएको छ । यसका पछाडि राजनीतिक, आर्थिक, समाजिक र सांस्कृतिक कारण पनि अवश्य छन् तर मूल कुरा ती कारक र काणलाई सही किसिमले हेर्ने र फेर्ने तथा अर्थतन्त्रलाई अग्रगति दिने उपयुक्त राष्ट्रिय नीतिको तर्जुमा र कार्यान्वयन हुन नसक्नु नै आजको सबैभन्दा मूख्य समस्या हो ।

यस सन्दर्भबाट हामीले हाम्रो कृषि, उद्योग, वाणिज्य–व्यापार, श्रम, वातावरण, तथा ऊर्जाका समस्यालाई बेग्लाबेग्लै र समग्ररूपमा हे¥यौँ र केलायौँ भने हाम्रो अर्थतन्त्र कहालीलाग्दो किसिमले किन कमजोर बन्दैछ, किन ब्यापार घाटा निरन्तर बढ्दैछ र किन भुक्तान सन्तुलन नराम्रोसँग नकारात्मक बनेको छ भन्ने कुरा प्रष्ट हुन्छ । अनि नेपालमा किन सामाजिक न्याय र गरिबी निवारणले मूर्तरूप लिन सकेको छैन भने कुराको पनि उजागर र खुलस्त हुन्छ । फलतः यस्तो अर्थतन्त्रको दारुण अवस्था भएको देशमा बढ्दो भ्रष्टाचार, कमिसनखोरी, माफियातन्त्रको बिगबिगी, सामाजिक असमानतामा अझ बढोत्तरी, भयंकर ठूलो बेरोजगारी, ऊर्जाशील यूवाशक्तिको निरन्तर विदेश पलायनजस्ता तस्बिर दिनानुदिन देखापर्नु अस्वाभाविक हँुदैन । त्यसैले यी समस्या हल गर्ने राष्ट्र र जन समर्पित जनमुखी अर्थनीतिको निर्माण र त्यसको ठोस प्रभावकारी कार्यान्वयन आजको सर्वोपरी राष्ट्रिय आवश्यकता हो ।
तर यो आवश्यकताको परिपूर्ति लर्तरो नीति र त्यसको कार्यान्वयनले पटक्कै हुन सत्तैmन । यसको निम्ति हाम्रो जमिन, जल जंगल, जडीबुटी, जैविक विविधिता, जनशक्तिलाई सही किसिमले अर्थात उत्पादन वृद्धि र सामाजिक न्यायको प्रत्याभूति दिने किसिमले प्रयुक्त गर्ने, देश र जनतालाई आत्मनिर्भर बनाउँदै लगेर परनिर्भरबाट परस्पर सार्थक अन्तरनिर्भरको चरणमा प्रवेश गराउने वैकल्पिक अर्थनीति आजको आवश्यकता हो । परम्परागत सामन्ती, दलाल पुँजीवादी, कमिसनखोरी र माफियागिरीमा आधारित देश र जनतालाई दोहन गर्ने र केही मुठ्ठिभर मानिसले आफ्नो पकेट भर्ने अर्थतन्त्र र आर्थिक नीतिले नेपाली किसान, मजदुर, महिला, दलित, जनजाति, पछाडि परेको क्षेत्र कुनै कसैको पनि जीवनोद्धार प्रगति हुने स्थिति बन्न सक्तैन भन्ने कुरा त ६० वर्षभन्दा बढीदेखिको योजनाबद्ध आर्थिक विकासको गति र आजको यथार्थ स्थितिले एकदमै प्रष्ट पारेको छ ।

अतः देशलाई साँच्चै अर्ध विकसित चरणबाट विकासशील चरणमा प्रवेश गराउने कुरैमा मात्र सीमित नराख्ने र यथार्थमा परिणत गर्ने हो भने माथि उल्लिखित गम्भीर कुरामा अत्यन्तै गम्भीरतमरूपमा ध्यान केन्द्रित गरिनै पर्दछ । आफ्ना स्रोत साधनहरूको सार्थक उपयोग गर्ने ठोस राष्ट्रिय नीति र त्यसको प्रभावकारी कार्यान्वयनले मात्र आर्थिक महाशक्ति बनिसकेको चीन र भारतको बढ्दो विकासको प्रतिफललाई हामीले सही किसिमले उपयोग गर्न र लाभ लिन सक्ने स्थिति सिर्जना गर्न सक्तछौँ । तर, यी कुरातर्फ अहिले कथित समाजवाद र समृद्धिको ढोल पिटिरहेका दलहरूले गम्भीर चासो र चिन्ता लिएको पटक्कै पाइँदैन । उनीहरूको केन्द्रिय चासो सत्ता कुर्सी र देश दोहन मात्रै देखिँदै आएको र देखिइरहेको छ । पछिल्लो राजनीतिक परिवर्तन पछिको प्रतिफल यस्तो हुनु कम विकृति र बिडम्बनाको कुरा होइन ।

यस्तो अपाच्य र अमान्य स्थितिले कुनै पनि सही दिशामा देशलाई किमार्थ लान सकिँदैन र लान सकिने आधार पनि बन्दैन । बरु अवाञ्छित अन्योल र अराजकताको नै बारम्बार सिर्जना गर्ने स्थिति कायम रहन्छ र त्यो बढ्छ । आजको नेपाली समाजको चौतर्फी छटपटाहट यस्तै स्थितिको उपज हो । यसबाट मुक्तिको खोजीले मात्र नेपालको सार्वभौमिक अक्षुण्णता, स्वाधीनता, जनतन्त्र र जनजीविकाको शततर रक्षा र विकास गर्ने आधार पनि तयार हुन सक्छ । अन्यथा हामी आवारा पुँजीको मुठ्ठीमा परेर चुसिने र लुटिनेबाहेक अरू केही हाता लाग्दैन । अत्यन्तै गम्भीररूपमा चिन्तन मनन गरौँ र सही बाटोमा सार्थक किसिमले अगाडि बढौँ ।

प्रतिक्रिया