अखिल क्रान्तिकारीको अधिवेशनमा सहभागी हुन गएकी भोलनलाई खोलाले बगाएर बेपत्ता

काभ्रे । जिल्लाको अति विकट मानिएको खानीखोला गाउँपालिका वडा नं २ की १४ वर्षीय मेनुका भोलन खानीखोलाले बगाउँदा बेपत्ता भएकी छन् । आज अखिल क्रान्तिकारी विद्यार्थी संगठनको गाउँपालिका स्तरीय अधिवेशनमा सहभागी हुन् हिँडेकी भोलन कार्यक्रम सकेर घर फर्कंदा बाटोमा तर्नु पर्ने खानीखोलाले बगाउँदा उनी बेपत्ता भएकी स्थानीयहरूले बताएका छन् ।

अधिवेशनमा उनी लगायत आधा दर्जन विद्यार्थीहरू लाई दशैँ बिशेष कार्यक्रम छ । भन्दै अखिल क्रान्तिकारी खानीखोलाले बोलाएर अधिवेशनमा लगेको सहभागी विद्यार्थीले बताएका छन् । खानीखोला गाउँपालिका वडा नं २ स्थित बाल विकास मावि फलामेटारको कक्षा १० मा अध्यनरत मेनुका भोलन सहित त्यस विद्यालयबाट आधा दर्जन विद्यार्थीहरू गाउँपालिका केन्द्र तालढुँगामा आज भएको अधिवेशनमा सहभागी भएका थिए ।

उनी बेपत्ता भएको बारे स्कूलका प्रअ सुरेन्द्र गोलेले विद्यार्थीहरु सो कार्यक्रममा गएको बारे समेत आफूलाई जानकारी नै नभएको बताए । विद्यार्थी लाई कार्यक्रममा उपस्थिति गराउन विद्यालयको केही शिक्षक सक्रिय देखिएको तर आफूलाई कुनै जानकारी नदिइ विद्यार्थी पठाएको र यस्तो दुःखद् घटना सुनेको प्रति उनी स्तब्ध बनेको बताए। बेपत्ता भोलनको स्थानीय र प्रहरीको सकृयतामा खोजी कार्य अघि बढिरहेको बताइएको छ ।

प्रतिक्रिया