पाँचथर । आठौँ संविधान दिवसको अवसरमा पाँचथर अस्पतालका बिरामीलाई जिसस हलमा फलफूल वितरण गरिएको छ । सोमबार बिहान शिवालय मन्दिरबाट प्रभात फेरी गरि आठौँ संविधान दिवस समारोहको आयोजना गरिएको हो ।
समारोहपश्चात अस्पतालका ३० जना बिरामीलाई मुलसमारोह समिति का व्यक्तिहरुले फलफूल वितरण गरेका हुन् । कार्यक्रममा विभिन्न वक्ताहरुले संविधानको व्याख्या गर्दै शुभकामना व्यक्त गरेका थिए ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, माले, सिडिओ, फिदिम नगरपालिकाका प्रमुख, उपप्रमुख, पत्रकार महासंघ, क्याम्पस प्रमुख, उद्योग वाणिज्य संघलगायतका प्रमुखहरुले संविधानभित्र रहेका नियम, बिनियमलाई आ–आफ्नो क्षेत्रमा कार्यान्वयन गर्नुपर्नेमा बिचार व्यक्त गरे ।
सो समारोहलाई जिल्ला समन्वय समिति शाखा अधिकृत अनिल तिखत्रीले सञ्चालन गरेका थिए । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय प्रमुख, सुरक्षा अधिकारीहरु, संघसंस्था तथा शिक्षकलगायतको उपस्थिति रहेको थियो ।
शुभकामना समारोहको अध्यक्ष जिसस प्रमुख रामराज आङदेम्बेले गरेका थिए । समारोहलाई उपप्रमुख यामकुमार आङबोले स्वागत गरेका थिए । समारोहपश्चात अस्पताल पुगेर मुल समारोह समितिका जिम्मेवारी व्यक्तिहरुले बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै हातहातमा फलफूल दिएका थिए ।
प्रतिक्रिया