आठराईमा सुरक्षा समन्वय बैठक

पाँचथर । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका मा सनिबार सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । पाँचथर, तेह्रथुम जिल्लाको सयुक्त सुरक्षा समन्वय बैठक बसेको हो । बैठकमा अन्तर जिल्लाको सुरक्षा अवस्था को समिक्षा र छलफल भएको पाँचथरका सिडिओ गणेश गैरेले जानकारी दिए ।

बैठकमा जिल्ला सिमा अपराध, सुरक्षा रणनीति, अनुभव अवलम्बन गरिएका असल अभ्यास, सुरक्षा चुनौती, निर्वाचन सुरक्षा, बिपद व्यवस्था पनमा अन्तर जिल्ला समन्वय लगायत विषयमा समिक्षा र अन्तरक्रिया भएको गैरेको भनाइ छ ।

बैठकमा तेह्रथुम, पाँचथर का सिडिओ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अनुसन्धान का अधिकारी हरू को सहभागी थियो । समन्वय बैठक अन्य छिमेकी जिल्ला हरु मा उक्त बिषय मा निरन्तर बैठक बस्दै जाने सिडिओ गणेश गैरेले जानकारी दिए।

प्रतिक्रिया