पर्सा– ३ मा जसपाले टिकट पाउने निश्चित

पर्सा । पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ जनता समाजवादी पार्टीले टिकट पाउने निश्चित भएको छ ।

सिटबाँडफाँड गर्न बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले पर्साको क्षेत्र नम्बर १, २, र ४ मा दाबी गरेको हुँदा जसपा पर्साले क्षेत्र नम्बर ३ मा टिकट पाउने लगभग निश्चित भएको हो ।

पाँच दलीय सत्ता गठबन्धनको बसेको बैठकमा सिट बाँडफाँडको बारेमा सहमति नजुटेको भए पनि कांग्रेसले क्षेत्र नम्बर ३ बाहेक १, २, र ४ मा दाबी गरेकोले क्षेत्र नम्बर ३ मा जसपाले टिकट पाउने निश्चित नै भएको जसपा निकट स्रोतको दाबी छ ।

टिकट पाउने निश्चित भएसँगै जसपाबाट प्रतिनिधिसभाको लागि प्रत्यक्ष सिफारिस भएकी डा. मधु गुप्ता आफ्नो चुनावी गतिविधि तिब्रताको साथ बढाएकी छन् । उनले पर्सा क्षेत्र नम्बर ३ को सबै ईलाकामा पुगेर स्थानीयसँग राजनीतिक भेटघाटलाई तीब्र पारेकी छन् ।

प्रतिक्रिया