वडाध्यक्ष सिंहद्वारा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर अनुगमन

पर्सा । छिपहरमाई गाउँपालिकाका– ३ का वडाध्यक्ष दिपेन्द्र सिंहले आज आफ्नो वडा जयमंगलापुरमा रहेको स्वास्थ्य चौकी र बर्थिङ सेन्टर अनुगमन गरेका छन् ।

सो वडामा रहेको स्वास्थ्य चौकी र बर्थिङ सेन्टरको निरिक्षण गर्दै उनले स्वास्थ्य संस्थाबारे जानकारी लिएका थिए । वडाध्यक्ष सिंहले बर्थिङ सेन्टरको अवस्थाबारे जानकारी लँदै भने, ‘हाम्रो गाउँ घरका महिलाहरुलाई भारत तथा बिरगंजलगायत प्राईभेट स्वास्थ्य संस्थाहरु बच्चा डिलेभरी गराउन जान परोस, महँगो खर्च गर्न नपरोस् ।’

उनले आफ्नै स्वास्थ्य चौकीमा दक्ष अनमीहरुलाई राखेर २४ घण्टा सेवा दिन आफू लागिपर्ने बताए । साथै, उनले स्वास्थ्यकर्मीहरुको समस्याबारे पनि जननकारी लिए ।

प्रतिक्रिया