लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मस्र्याङ्दी गाउँपालिका– ७ नयागाउँ घर भई हाल बेसीशहर नगरपालिका ७ बस्ने वर्ष २२ का नितेश गुरुङ भनिने ओम प्रकाश गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरीले गुरुङको साथबाट ट्रमाडोल ट्याबलेट १,५०० थान, निट्राभेट १० ट्याबलेट ८५ थान, र स्यामसुङ मोबाईल १ थान बरामद गरेको छ ।
पक्राउ परेका गुरुङलाई सम्मानित जिल्ला अदालत लमजुङबाट ७ दिनको म्याद थप भई लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।
लमजुङ
प्रतिक्रिया