महिलाको समान प्रतिनिधित्व हुनुपर्नेमा नेतृ गुप्ताको जोड

पर्सा । आसन्न प्रतिनिधिसभा सदस्यको लागि पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ सिफारिस भएकी जनता समाजबादी पार्टी (जसपा) की नेतृ डा. मधु गुप्ताले सबै ठाउँमा महिलाको समान प्रतिनिधित्व हुनुपर्ने बताएकी छन् ।

सोमबार पोखरीयामा स्थानीयसँग भेटघाटका क्रममा डा. गुप्ताले पुरुष जस्तै महिलाको पनि सबै क्षेत्रमा प्रतिनिधित्व समान हुनुपर्नेमा जोड दिइन् ।

आफ्नो पेशा डाक्टर भएपनि आफू महिलाको अधिकार सुनिश्चता गर्नको लागि राजनीतिमा होमिएको उनले बताइन् । उनले संविधानमा महिलाको अधिकार ३३ प्रतिशत उल्लेख गरिएको भएता पनि अहिलेसम्म त्यो ३३ प्रतिशतको खासगरी ग्रामिण ईलाकाका महिलाले अनुभव गर्न नसकेको दुखेसो पोखीन् ।

डा. गुप्ताले आफू युवा अनि शिक्षित पनि रहेकोले नीति निर्माणको तहमा पुगेमा ग्रामिण क्षेत्रका पिछडिएका समुदायसँगै आदिवासी, जनजाति, मुस्लिमलगायत सबै वर्गको विकासको लागि साझा रणनीति बनाउन पहल गर्ने बताइन् ।

प्रतिक्रिया