पर्सा । सखुवा प्रसौनी गाउँपालिका– ६ एकडरवास्थित श्री रामजानकी मन्दिर सौन्दर्य कारणका लागि आज मुख्य प्रवेशद्वार र (बाउण्ड्री) पर्खालको लागि शिलान्यास गरिएकाे छ । साे शिलान्यास जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश परिषद् सदस्य शिवकुमार साहले गरेका हुन् ।
मधेश प्रदेस सरकारको योजनाअन्तर्गत रहेको श्री रामजानकी मन्दिरको मुख्य प्रवेशद्वार र (बाउण्ड्री) पर्खाल निर्माणको लागि छुट्याएको २५ लाखको लागतमा निर्माण कार्य ३ महिनाभित्र सम्पन्न हुने उपभोक्ता समितिले जनाएको छ ।
मधेश प्रदेस सरकारले नागरिकको मागअनुसार सामुदायिक स्तरमा मठ, मन्दिर, मस्जिद, स्कुल, रोड, नाला लगायत समुदाय भवनको निर्माणको कार्यलाई तिब्रता दिँदै आएकोमा मधेश प्रधेश प्रदेश सरकारलाई यूवा नेता साहले धन्यवाद दिए ।
शिलान्यास कार्यक्रममा वडाध्यक्ष मुना राउत कमकर, जसपा नेपाल क्षेत्र नं. ३ का अध्यक्ष नागेन्द्र यादव, क्षेत्र नं. ३ (क) उपाध्यक्ष सिकेन्द्र सहनी, नेता प्रमोद उपाध्याय, रामबाबु साह तेली, चुकट कुर्मीलगायत स्थानीय जनप्रतिनिधि, नागरिक सामाजका अगुवा, प्रहरी प्रशासन एवं स्थानीयको सहभागिता थियो ।
आज तेस्रो दिन नेता साहले एउटा सामुदायिक भवनसहित श्री रामजानकी मन्दिरको सौन्दर्य कारणका लागि मुख्य प्रवेशद्वारा, (बाउण्ड्री) पर्खालको शिलान्यास गरे ।
पर्सा
प्रतिक्रिया