पर्सा । जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश परिषद सदस्य शिवकुमार साहले एक समारोहकाबीच सामुदायिक भवनको शिलान्यास गरेका छन् । रु २५ लाखको लागतमा निर्माण हुने भवन ३ महिना भित्रमा सम्पन्न गर्ने गरि उपभोक्ता समितिले जनाएको छ । जन्ती सहितका गैर शैक्षिक क्रियाकलापहरू विद्यालयमा नगरि जन्ती सहितका समाजिक कार्यहरू सामुदायिक भवनमा गर्न उद्देश्यले प्रदेश सरकारबाट ग्रामीण क्षेत्रमा सामुदायिक भवन निर्माण कार्य निरन्तर रुपमा जारी रहेको साहले बताए ।
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा ६ लखनपुरमा एक समारोहकाबीच सामुदायिक भवनको शिलान्यास गर्ने क्रममा बोल्दै मधेसी दलित आदिवासी जनजाति मुस्लिम महिला पिछडावर्गको अधिकारका लागि संघर्ष गर्ने एक मात्र पार्टी जसपा नेपाल रहेको कुरा बताएका छन् ।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष मुना राउत कमकर, जसपा नेपाल क्षेत्र ३ का अध्यक्ष नागेन्द्र यादव, क्षेत्र ३ (क) उपाध्यक्ष सिकेन्द्र सहनी, नेता प्रमोद उपाध्याय, रामबाबु साह तेलि लगायत स्थानीय जनप्रतिनिधि, नागरिक सामाजका अगुवा, प्रहरी प्रशासन, पत्रकार एवं स्थानीयको उल्लेखनीय सहभागिता थियो ।
पर्सा
प्रतिक्रिया