लमजुङ । देशभर राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेसँगै लमजुङमा पनि राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङमा हालसम्म १८ हजार २ सय ४१ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् ।
जिल्लाका आठ वटै स्थानीय तहका नागरिकलाई राष्ट्रिय परिचयपत्रको लागि प्रशासनबाट नै सेवा दिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । उनका अनुसार जिल्लाभर राष्ट्रिय परिचयपत्र बनाउनेको सख्या १८ हजार २ सय ४१ जना रहेको छ । जसमा महिला ७ हजार १ सय १७ छन् भने पुरुष ११ हजार १ सय २४ जना रहेको प्रजिअ वैद्यले बताए ।
वैदेशिक रोजगार विभागले राष्ट्रिय परिचयपत्र अनिवार्य माग गरेपछि जिल्लाका वैदेशिक रोजगारीमा जाने तथा डिभी भर्नेहरूका लागि अनिवार्य भएपछि जिल्ला प्रसाशनमा परिचयपत्र बनाउन आउने मानिसको संख्या वृद्धि भएको होे ।
लमजुङ
प्रतिक्रिया