धनुषामा दुई किशोरीको शव फेला

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन– ७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो ।

स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको टोलीले किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको बताइएको छ ।

प्रतिक्रिया