बझाङ । नेकपा एमालले बझाङले आगमी निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । भदौ २० गते बसेको जिल्ला कमिटीको बैठकले संघ र प्रदेश सभाका लागि जिल्लाबाट आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । नेकपा एमाले बझाङले प्रतिनिधी सभाको लागि ३ जना र समानुपातिक तर्फ ८ जनाको नाम सिफारिस गरेको छ ।
त्यसैगरी प्रदेश सभा अन्तरगत प्रत्यक्ष तर्फ (क) मा ७ जना, प्रदेश सभा (ख) मा तर्फ ३ जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपतिक तर्फ प्रदेश सभा (क) मा ८ जना र प्रदेश सभा (ख) मा ९ जनाको मान सिफारिस गरेको छ ।
प्रतिनिधि सभाको प्रत्येक्ष उम्मेदवारका लागी सिफारिस हुनेमा एमाले जिल्ला सह–इन्चार्ज ऐन महर, महेश भट्टराई र जुना जाग्री रहेका छन् । त्यसैगरी समानुपातिक तर्फ आनन्दलाल विश्वकर्मा, अर्जुन थापा, जनकराज जोशी, राधाकुमारी विष्ट, भागरथी अवस्थी, धनलक्ष्मी खत्री, सरिता भण्डारी, शंकर रसाइली, धर्मराज बोहरा, विजयराज श्रेष्ठ र चेताराज जोशी सिफारिस भएका छन् ।
त्यसैगरी प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ दमन भण्डारी, अफिलाल ओखेडा, बुनी कुमारी विष्ट, लालबहादुर थापा, विरेन्द्र खड्का, कलक खड्का, खडक बहादुर खड्का, प्रयागराज जोशी, कृष्ण चन्द्र बोहरा सिफारिस भएका छन्् । त्यसैगरी प्रदेश सभा (ख) मा प्रत्यक्ष तर्फ एलवि रावल, दिलबहादुर भण्डारी, र जानकी धामी सिफारिस भएका छन् ।
बझाङ
प्रतिक्रिया