पाँचथर । नेकपा एमाले पाँचथरले आगामी मंसिर ४ मा हुने संघ र प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । संघीय समानुपातिक तर्फ केन्द्रीय सदस्य तथा सह इन्चार्ज डम्बर सिंह सम्बाहाम्फे, वर्तमान प्रदेश सांसद महिला तर्फ आशा रत्न जबेगु, खसआर्य प्रदेश कमिटी सदस्य नरेन्द्र बस्नेतलाई सिफारिस गरिएको छ।
त्यस्तै प्रदेश समानुपातिक, खसआर्यमा अघिल्लो निर्वाचनमा उम्मेदवारी आकांक्षी रहेका कृष्ण ओझालाई समानुपातिकमा सिफारिस गरिएको छ । अन्य थप आकांक्षी लेखनाथ घिमिरे, चन्द्र चौलागाँई र उपेन्द्र दङगाललाई सिफारिस गरिएको छ ।
जनजाति आदिवासी तर्फ केन्द्रीय सदस्य तथा सह इन्चार्ज श्रीप्रसाद जबेगू, महिला प्रदेश कमिटी सदस्य करुणा राई, भगवती राई , खसआर्य महिला दुर्गा ओझालाई सिफारिस गरिएको छ । राष्ट्रिय युवासंघ पूर्व केन्द्रीय सचिव अल्पसंख्यक आदिवासी जनजातिमा रामकाजी बान्तवा सिफारिस भएका छन् । दलित तर्फ नारायण खाती सिफारिस भएका छन् ।
प्रत्यक्षतर्फका नामहरु यसअघि नै सिफारिस भइसकेका छन् । प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य, पार्टी इञ्चार्ज तथा पूर्व मन्त्री वसन्तकुमार नेम्वाङको नाम सर्वसम्मत सिफारिस गरिएको थियो । प्रदेश ‘क’ प्रत्यक्षमा पार्टी अध्यक्ष राजकुमार भण्डारी र प्रदेश ‘ख’ मा प्रत्यक्षतर्फ प्रदेश कमिटी सदस्य कृष्ण कुमार आङदेम्बे, पार्टी उपाध्यक्ष धनकुमार फियाक, केन्द्रीय सदस्य सहइन्चार्ज अइन्द्र सुन्दर नेम्वाङको नाम सिफारिस गरिएको थियो ।
प्रतिक्रिया