पाँचथर । नेकपा एमाले पाँचथरले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ पूर्वमन्त्री तथा पार्टी जिल्ला इन्चार्ज वसन्तकुमार नेम्वाङ सर्वसम्मत सिफारिस भएका छन् । त्यस्तै, प्रदेश ‘क’ प्रत्यक्षतर्फ पार्टी अध्यक्ष राजकुमार भण्डारीले सर्वसम्मत र प्रदेश ‘ख’ प्रत्यक्षतर्फ कृष्णकुमार आङदेम्बे, धनकुमार फियाक, अइन्द्र सुन्दर नेम्वाङको नाम सिफारिस भएका छन् ।
प्रदेश एक समानुपातिक तर्फ खसआर्य, कृष्ण ओझा, लेखनाथ घिमिरे, चन्द्र चम्लागांई, उपेन्द्र दंगाल छनौट भएका छन् । संघीय समानुपातिक तर्फ पूर्वमन्त्री तथा केन्द्रीय सदस्य पार्टी सह–इन्चार्ज डम्बर सिंह सम्बाहाम्फे, नरेन्द्र बस्नेत, आशा रत्न जबेगु, छनौट भएका छन् ।
त्यस्तै प्रदेश एक समानुपातिक तर्फ आदिवासी जनजाति, श्रीप्रसाद जबेगू, दलित तर्फ नारायण खातिर, खसआर्य महिला, दुर्गा ओझा, सर्वसहमत छनौट भएका छन् । त्यस्तै जनजाति महिला तर्फ करुण राइ र भगवती राई, पुरुष रामकाजी वान्तवा, सन्तप्रसाद राईलगायत आकांक्षीको नाम सिफारिस गरिएको राजकुमार भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया