पर्सा ४ को (ख) मा जसपाबाट कलवारको नाम सर्वसम्मत

पर्सा । जनता समजवादी पार्टी नेपाल पर्साले प्रदेश सभा निर्वाचन क्षेत्र न. ४ को (ख) बाट सिंगासन साह कलवारलाई सिफारिस गरेको छ । निर्वाचन क्षेत्र न. ४ (ख) का क्षेत्रीय अध्यक्ष दिपक सर्राफको अध्यक्षतामा बसेको बैठकबाट कलवारलाई सर्वसम्मत रुपमा सिफारिस गरिएको हो ।

क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा तीन जनाको नाम सिफारिस भएको छ । प्रतिनिधि सभामा जिल्ला सचिव तबरेज आलम, क्षेत्रीय अध्यक्ष रामपुकार यादव र उपेन्द्र यादव रहेका छन् ।

प्रतिक्रिया