धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चौतर्फी आलोचना पछि गौरा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको छ ।
बिदा कटौती गरेको प्रदेश सरकारले बिहिबार बसेको प्रदेश मन्त्री परिषद्ले भदौ १७ गते गौरा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
बुधबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिदा कटौती गरेको सूचना प्रकाशित गरेको थियोे ।
बिहीबार एक सूचना जारी गर्दै २०७९-५-१६ गते बसेको प्रदेश मन्त्री परिषद् बैठकले भदौ १७ गते प्रदेशभर बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
सूचनामा भनिएको छ भदौ १७ गते शुक्रबार गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।
यसअघि बुधबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले विदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि विदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख भएकोमा प्रदेश सरकार मन्त्री परिषदको २०७९/२/१० को निर्णय अनुसार भदौ १७ गतेको विदा झिकिएको जनाएको थियो ।
गौरा पर्वको बिदा कटौती गरेको भन्दै जनस्तरबाट प्रदेश सरकारको चौतर्फी आलोचना भएको थियोे ।
कैलाली
प्रतिक्रिया