एमाले पाँचथरको पालिका स्तरीय प्रशिक्षण सुरु

पाँचथर । नेकपा एमालेको पालिकास्तरिय प्रशिक्षण सुरु भएको छ । मंगलबारबाट सुरु भई भदौ २४ गते सम्ममा चारवटा टोली कमान्डले कार्यकर्तालाई प्रशिक्षण दिनेछन् । पार्टी सचिव विष्णुप्रसाद सापकोटाका अनुसार प्रशिक्षण पाँचथरका आठवटा पालिका स्तरीय कार्यकर्ता माझ हुने छ ।

उक्त प्रशिक्षणमा केन्द्रीय सदस्यको कमाण्डमा बिभिन्न विषयमा प्रशिक्षण दिइने सचिव सापकोटाले बताए । टोलीले स्थानीय तह निर्वाचन २०७९ बैसाख ३० को समिक्षा, सन्देश शिक्षा, साथै आगामी निर्वाचनको तयारीका सम्बन्धमा, पार्टी, जनवर्गीय संगठन र संसदीय मोर्चाको अन्तर सम्बन्ध, नेकपा एमालेको सरकार र वर्तमान सरकारको तुलनात्मक बिष्लेषण तथा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थिति, जनताको बहुदलीय जनवाद र पार्टीको लोकतान्त्रिकरण, लगायत विषयमा केन्द्रीत हुने सांसद आशारत्न जबेगुले जनाएकी छिन् ।

पार्टी अध्यक्ष राजकुमार भण्डारी, केन्द्रीय सदस्य, पार्टी इञ्चार्ज तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वा , सह–इन्चार्ज सिरिप्रसाद जबेगू, अइन्द्र सुन्दर नेम्वाङ लगायत जिल्ला र प्रदेश कमिटी सदस्यहरु कार्यक्रममा सहभागी छन् । उक्त प्रशिक्षणमा बिषयगत एक टोलीले दुई पालिकामा प्रशिक्षण दिने सचिव सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया