पाँचथर । राष्ट्रिय भुमिआयोग जिल्ला समिति पाँचथरमा ५ हजार पचासी जना भुमिहिन सुकुम्वासीका निवेदन दर्ता भएका छन् । समितिले मंगलबार पत्रकार सम्मेलन गरी ५ हजार पचासी जना भुमिहिनको निवेदन दर्ता भएको जनाएको छ ।
जिल्लाका आठैवटा स्थानीय तहसँग सम्झौता गरि प्रथम पटक ३५ दिने सुचना जारी गरि काम अगाडि बढाएको थियो । आयोगले लगत संकलनमा दलित ९०, भुमिहिन सुकुम्वासी १ सय २२ र अव्यवस्थित बसोबास ४ हजार ८ सय ७३ गरि जम्मा ५ हजार ८५ जनाको निवेदन दर्ता भएको सार्वजनिक गरेको छ ।
उक्त स्थानीय पालिकामध्ये हिलिहाङ गाउँपालिकाले अस्थायी निस्सा वितरण गरेको र फिदिम नगरपालिका र मिक्लाजुङ पालिकामा डाटा प्रविष्टको काम निरन्तर भइरहेको तथा हालसम्म ११ सय जनाको लगत प्रविष्ट कार्य भएको जनाएको छ ।
उक्त मापदण्डका नागरिकहरुले पाउने अधिकार पाउनलाई आयोगले काम गरिरहेको भएता पनि प्रभावकारि कार्य गर्न नसकेको जनगुनासो गरेका छन् । सम्बन्धित निकायमा ताकेता गरि प्रकृयागत धनि पूर्जा बितरण गर्न लागिपर्ने जिल्ला अध्यक्ष दिनेश लावतीको भनाइ छ ।नेपाल सरकारले भुमिहीन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासलाइ व्यवस्थापन गर्ने प्रयोजनका लागि राष्ट्रिय भुमिआयोग गठन भएको थियो ।
प्रतिक्रिया