बजार अनुगमनमा तीव्रता, किरा परेको सामाग्री फेला

बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङले सदरमुकाम चैनपुर बजारमा बजार अनुगमनमा तीव्रता दिएको छ । बुधवार दिउँसो जयपृथ्वी नगरपालिका वडा १० को माथिल्लो बजारमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद चनले बताए ।
स्थानीयहरुको जनगुनासो आएपछि बजार अनुगमन गरिएको र बजार अनुगमन गर्दा अधिकांस पसलमा दैनिक उपभोग्य सामाग्रीहरु म्याद नाघेका र खाद्यान्नमा किरा परेको अवस्थामा फेला परेकोे घरेलु तथा साना उध्योग कार्यालका प्रतिनिधि दशरथ जप्रेलले बताए ।

बजार अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी चनले भने, ‘व्यापारीहरुलाई ३ पटक सचेत गराइएको छ । आगामी दिनमा अनुगमनको क्रममा म्याद सकिएको खाद्यवस्तु भेटिए जरिवाना सहित कारवाही गरिने छ ।’

प्रतिक्रिया