तिजको अवसरमा पाँचथरकी ९३ बर्षिया हरिमायालाई सम्मान

पाँचथर । हरितालिका तिज समारोहमा फिदिम नगरपालिका १ निवासी ९३ बर्षिया हरिमाया अधिकारीलाई सम्मान गरिएको छ। तिज बिषेश समारोह एमाले अखिल महिला संघ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा हरिमाया अधिकारीलाई सम्मान गरिएको हो । सो समारोहमा बृद्धा आमालाइ पूर्व मन्त्री तथा एमाले केन्द्रीय सदस्य पार्टी इञ्चार्ज वसन्तकुमार नेम्वाङले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

तिज विशेष समारोहमा बिभिन्न संघ संगठन, संस्थाका महिलाहरू लाई आमन्त्रण गरिएको अनेमसंघकी जिल्ला अध्यक्ष मुना नेम्वाङले जानकारी दिइन् । तिज समारोहमा बोल्दै महिला ससक्तिकरण समुहकी अध्यक्ष साबित्री देबि गुरुङले स्थानीय निर्वाचनमा महिलालाई पछि पारिएको बताउदै अब अधिकार लागि अघि बढ्न अनुरोध गरिन् ।

उक्त कार्यक्रममा सँयुक्त महिला सञ्जालकी अध्यक्ष सबिता राउत, सांसद आशा रत्न जबेगु, पार्टी अध्यक्ष राजकुमार भण्डारी लगायतले महिलाहरु तिज पर्वबारे चर्चा गरि शुभकामना दिएका थिए ।

उदघाटन समारोहमा बोल्दै पूर्व मन्त्री नेम्वाङले हिन्दूहरु मात्र नभई तिज सबै महिलाहरुको भएको बताए । नेम्वाङले माक्र्सवादी दृष्टिकोणले खर्चिलो, भड्किलो हुदै गएकाले परिमार्जन गर्दै लैजान आवश्यक रहेको बताए । सरगम होटलमा आयोजना गरिएको तिज विषेश समारोहमा महिला उद्यमी मेनुका बिष्टले सहभागी माझ उत्कृष्ट नृत्य प्रस्तुती गरेकी थिइन् । आयोजक अनेमसंघले दरको ब्यवस्था समेत गरेको थियो । उक्त समारोहमा एमाले केन्द्रीय सदस्य प्रदेश कमिटी, जिल्ला कमिटी, नेता हरुको सहभागिता रहेको थियो। समारोहलाई सान्ती देबि राईले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया