अज्ञात किराले तरकारीबाली सखाप पार्न थालेपछि किसान चिन्तित

बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका ७ धम्नाउमा अज्ञात किराले तरकारीबाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । भर्खरै मात्र व्यवसायीक रुपमा तरकारी खेती गर्न थालेका त्यहाँका किसानहरु अज्ञात किराले तरकारीबाली सखाप पारेपछी चिन्तीत बनेका हुन ।

भर्खरै मात्रै व्यवसायीक रुपमा तरकारी खेती गर्न लागेको र किराले सबै तरकारी काउली, बन्दा, रायो, मुला सखाप पारिदिएको स्थानीय कृषक गणेश बोहराले बताए ।
त्यस्तै अर्का कृषक डल्लो बोहराले मेहनत गरी लगाएको तरकारी बाली कालो कौवा जस्तो सानो टाउको रातो किराले सखाप पारिरहेको बताए । यसको समाधानको लागि जयपृथ्वी नगरपालिका जिल्ला कृषि ज्ञान केन्द्रले कुनै पनि पहल नगरेको उनको गुनासो छ ।

तर यता कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेकबहादुर विष्टले भने समस्या समाधान गर्न को लागि आफूहरु तत्पर रहेको बताए । उनले भने, ‘त्यो कुन किरा हो अहिले भन्न नसकिने अवस्था छ । कार्यालयमा रहेका कृषि बिशेषज्ञहरुलाई उत्तm क्षेत्रमा जहिले पनि पठाउन तयार छौं ।’ कृषकहरुलाई औषधी उपचारको कुनै शुल्क समेत नलाग्ने उनले बताए ।

प्रतिक्रिया