
सुर्खेत । सुर्खेतमा एउटा बेवारिसे शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका– ८ स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय भवनको भुइँतलामा बेवारिसे शव फेला परेको हो।
सोमबार भवनको बरन्डामा नामथर वतन नखुलेकी गहुँगोरो वर्णकी अन्दाजी २८–२९ वर्षकी महिला मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । शव र मुचुल्कासमेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव सुर्खेतस्थित प्रदेश अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।
निम्न:-
वर्ण गहुँगोरो, उचाई ५’.२” ईन्च भएको, पातलो शरिर,माथिल्लो शरिरमा पँहेलो रङको टिसर्ट ,तल्लो भागमा रातो रङको बुट्टेदार अलादिन बायाँ हातको औँलामा २ दुई वटा पित्तलको जस्तो औँठी लगाएकी, बायाँ हातमा कालो रङको लेडिज घडी लगाएकी, दाईने हातमा रातो रँगको चुरा लगाएकी, घाँटीमा माला लगायकी, निलो रङको रातो बुट्टा भएको सल , दुबै खुट्टामा खैरो रङको चप्पल रहेको ।
प्रतिक्रिया