स्रोत नखुलेको साढे २४ लाख रकमसहित युवक पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।

खरुपन्देही सिद्धार्थनगर नगरपालिका– १ वाइपासस्थित स्रोत नखुलेको अवैध रकम ओसारपसार भएको भन्ने सूचनाको आधारमा प्रहरीले बुटवल उपमहानगरपालिका– ८ सुख्खानगर बस्ने वर्ष २८ का सन्दिप शाक्यलाई पक्राउ गरेको हो ।

शाक्यले बोकेको कालो रङको झोलाबाट आइतबार बेलुका श्रोत नखुलेको नेपाली २४ लाख ५० हजार रकम फेला पारेको उक्त रकमसहित पक्राउ परेका शाक्यलाई आवश्यक कारबाहीका लागि आज भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्याम अर्यालले बताए ।

प्रतिक्रिया