काठमाडाैं । पोखरा महानगरपालिकाले भूमिगत तला ३५ दिनभित्र पार्किङ प्रयोजनका लागि खुला गर्न निर्देशन दिएको छ । महानगरपालिकाले पनि एक सूचना जारी गर्दै महानगरले ३५ दिनभित्र अवैध संरचना हटाएर पार्किङ प्रयोजनको लागि लगाउन घरधनीलाई भनेको हो । महानगर क्षेत्रभित्र पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तलासहितका भवनहरूको भूमिगत तलालाई पार्किङमा प्रयोग नगरी अन्य प्रयोगमा ल्याएकाहरू खाली गरेर पार्किङ प्रयोजनमा ल्याउन भनेको हो ।
३५ दिनभित्रमा खाली गरेर पार्किङको रूपमा प्रयोगमा नल्याए । कानून बमोजिम कारवाही हुने चेतावनी दिएको छ । पोखरा महानगर क्षेत्रमा करिब २५० वटा अन्डर ग्राउन्ड सहितका भवन छन् । त्यसमध्ये करिब ६० वटा भवनले मात्रै प्रयोजन अनुरूप अन्डरग्राउन्डलाई पार्किङका रूपमा प्रयोग गर्दै आएका छन् । महानगर प्रमुख धनराज आचार्यले केही दिन अगाडि पोखरामा रहेका अन्डरग्राउन्ड पार्किङलाई पार्किङ कै रूपमा प्रयोग गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया