नारायणी नदीमा हामफाल्ने पुरुषको खोजी कार्य जारी

चितवन । चितवनस्थित नारायणी नदीको पुलब्ँट एक पुरुषले नदीमा हामफालेका छन् ।

आइतबार साँझ स्कुटरमा सवार पुरुष नारायणी नदीमा हामफालेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीका अनुसार हामफालेका पुरुषको खोजी भइरहेको छ ।

पुरुषले नदीमा हामफालेको सूचनापछि उनको खोजीका लागि उद्धारकर्मीहरु परिचालन गरिएको छ । तर, आइतबार साँझसम्म फेला नपरेको उनले जानकारी दिए ।

प्रतिक्रिया