पाँचथर । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा पाँचथर एमालेका आकांक्षी उम्मेदवारको चर्चा परिचर्चा हुन थालेको छ ।
उक्त निर्वाचनमा संघीय प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्री तथा पार्टी इन्चार्ज वसन्तकुमार नेम्वाङ र पार्टी जिल्ला अध्यक्ष राजकुमार भण्डारीको चर्चा चलेको छ ।
त्यस्तै, प्रदेश (क) प्रत्यक्ष तर्फबाट केन्द्रीय सदस्य सहइन्चार्ज श्रीप्रसाद जबेगू निवर्तमान जिल्ला सदस्य कृष्ण ओझा, वर्तमान सदस्य खगेन्द्र बास्कोटा, भुवानीप्रसाद लिङदेन, पार्टी सचिव विष्णुप्रसाद सापकोटा र वर्तमान प्रदेश सांसद आशा रत्न जबेगुको चर्चा र आकांक्षी रहेको पाइएको छ ।
त्यस्तै प्रदेश (ख) मा प्रत्यक्षतर्फ प्रदेश कमिटी सदस्य कृष्णकुमार आङदेम्बे, मेघराज घिमिरे, पार्टी उपाध्यक्ष धनकुमार फियाक प्रदेश कमिटी सदस्य नरेन्द्र बस्नेत, आकांक्षी र चर्चा परिचर्चा चलेको छ भने केन्द्रीय सदस्य अइन्द्र सुन्दर नेम्वाङ आकांक्षा राख्नेमा पर्दछन् ।
उक्त आकांक्षीहरूबाट एमालेको केन्द्रीय मापदण्ड अनुसार जिल्लाले छफल गरि छनोट गर्ने पार्टी जिल्ला अध्यक्ष राजकुमार भण्डारी जानकारी दिए । आकांक्षाहरू माझ यही १४ गते छलफल गरि सम्बन्धित निकायमा सिफारिस गर्ने अध्यक्ष भण्डारीको भनाइ छ ।
उम्मेदवारी मापदण्ड अनुसार छनोट गर्दा नयाँ अनुहार, सक्षम, क्षमतावान, पार्टीप्रति निष्ठावान, याेगदान समेत, मुल्यांकन गरि उम्मेदवारमा सिफारिस हुने सम्भावना रहेको बताइएको छ ।
प्रतिक्रिया