मुगु । छायाँनाथ रारा नगरपालीका– ५ का स्याउ किसान बिस्नमाया रोकायाका परिवारलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याई छ । वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त छन् ।
उनीहरू मात्र होइन यतिबेला मुगु जिल्लाका स्याउ उत्पादन हुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ । किसानहरु आफ्नो स्याउ बगैँचामा बिहानैदेखि स्याउ टिप्न व्यस्त देखिन्छन् ।
मुगुका बाम, ताल्च, रोवा, शोभा, खमाले सेरीलगायतका क्षेत्र स्याउको पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका स्याउ किसान स्याउ टिप्न व्यस्त छन् । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउ बारीमै व्यस्त देखिन्छन् ।
तर, यो समय स्याउ टिप्नको लागि उपयुक्त समय भने होइन । मुगुको हवा पानी अनुसार स्याउ टिप्ने समय भदौको अन्तिम तथा असोजको पहिलो साता भएको भएपनि मुगुका स्याउ किसानहरुले समय अगावै स्याउ टिप्न थालेका छन् ।
स्याउ ढिलो टिपेमा कुहिने र बिक्री नहुने समस्याले किसान धमाधम स्याउ टिपेर बगैँचा खाली गर्न थालेकाे बताउँछन् ।
केही किसानहरु भने स्याउ भण्डारण गर्ने ठाउँ नभएको बताउँदै ब्यापारी बगैँचामा आएको मौकामा स्याउ बेच्नको लागी काँचो स्याउ बिक्रि गर्ने गरेका स्याउ किसान हरि बहादुर भामले बताए ।
यतिबेला स्याउ ब्यापारी बगैँचामा आएर ३० रुपैयाँ केजीमा स्याउ लिने गरेका किसानहरु बताउँछन् । आफूले पनि उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुहिने डरले बिक्री गर्ने गरेका स्याउ किसान सूर्यप्रकाश भामले बताए । उनका अनुसार स्याउ राख्ने कार्टुन नहुँदा पनि समस्या भएको छ ।
स्याउ टिप्न डोकाको प्रयोग गर्ने गरेका र बजारीकरणको समस्या उत्तिकै रहेको स्याउ किसाहरुले बताएका छन् । यता स्याउ किसान बिस्नमाया रोकायाकाे बारीमा १५ यस बोट छन् ।
यो वर्ष स्याउ उत्पादन धेरै हुने अनुमान गरेको भएपनि बजारीकरणको समस्याले स्याउ कसरी खपत गर्ने भन्ने पिरलो छ । यस वर्ष आफूले उत्पादन गरेको स्याउ नेपालगञ्ज, सुर्खेत लगायतका ठाउँ लगेर आफैं बिक्री गर्ने योजना रहेको बिस्नमायाले बताइन् ।
त्यसैले उनले व्यापारीहरु बगैँचामै आएर स्याउ खरिद गर्न मागे पनि नदिएको रोकाया बताउँछिन् । स्याउ उत्पादन धेरै छ, स्याउ टिपरे गोठमा राखिएका छन् । स्याउ भए पनि भरपर्दो सडक नुहँदा बजारिकणको समस्याले स्याउ उत्पादन भए पनि झ्याउ हुने गरेको किसानहरु बताउँछन् ।
यस वर्ष गत वर्षको भन्दा स्याउ उत्पादन वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यलय मुगुका निमित्त कार्यालय प्रमुख दुर्गबहादुर शाहीले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको भएको थियो ।
यस वर्ष जिल्लामा गत वर्ष भन्दा ५ देखि १० प्रतिशतले स्याउ उत्पादनमा वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यलयका निमित्त कार्यलय प्रमुख शाहीले बताए । मुगुमा विशेष गरी तीन प्रकारका रोयल डेलिसेस्, रेटडेलिसेस्, र गोल्डेन डेलिसेस् नामक स्याउ उत्पादन हुने गरेको छ ।
मुगु
प्रतिक्रिया