९ किलो सालकको खपटासहित तीन जना पक्राउ

काभ्रे । काभ्रेबाट ९ किलो सालकको खपटासहित ३ जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बनेपा नगरपालिका– ६ अठ्ठाईस किलोस्थित स्वागत क्याफेभित्र संरक्षित वन्यजन्तु आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद विक्री भइरहेको भन्ने प्रहरीलाई आएको विशेष सूचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगञ्ज काठमाडौं र इलाका प्रहरी कार्यालय बनेपा काभ्रेबाट खटिएको संयुक्त प्रहरी अधिकृतसहितको टोलीले उनीहरूलाई सालकको खपटासहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार उक्त क्याफेमा रहेका काभ्रे र अन्य लिल्ला निम्न बस्ने उनीहरुले खरिद विक्री गर्दै गरेको अवस्थामा पक्राउ गर्न सफल भएको बताए ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका– ७ बस्ने वर्ष ४९ का गोविन्द सेन्चुरी, काभ्रे जिल्ला महाभारत गाँउपालिका– ७ वर्ष २५ का बिमान स्याङतान र काभ्रे जिल्ला रोशी गाँउपालिका– ४ बस्ने वर्ष २६ का सुरज झेडीमगर रहेका छन् । उनीहरू बाट सालकको खपटा ९ किलो फेला पारिएको र थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया