पूर्व नगरप्रमुख अमानसिंह एमालेमा प्रवेश

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको चौतारा—साँगाचोकगढी नगरपालिकाका पूर्व प्रमुख अमानसिंह तामाङसहित विभिन्न नेता कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराएका छन् ।

एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रवेश कार्यक्रमा अध्यक्ष ओलीले उनीहरुलाई स्वागत गरेका हुन् ।

कार्यक्रममा एमालेका नेताहरुको सहभागिता थियो । यसअघि आइतबार अध्यक्ष ओलीबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं प्रदेश सांसद प्रल्हाद गिरी एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया