बाँके । नेकपा एकीककृत समाजवादी बाँकेले क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको नेकपा एकीकृत समाजवादी बाँकेले उम्मेदवारको नामावली सिफारिस गरेको छ ।
एकीकृत समाजवादी बाँकेको आज बसेको भेलाले बाँके क्षेत्र नम्बर ३ प्रतिनिधि सभा र प्रदेश सभा र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरेको छ । एकीकृत समाजवादी क्षेत्र नम्बर ३ प्रतिनिधि सभाको लागी प्रत्यक्षतर्फ पुर्व राज्यमन्त्री समेत रहेका दलबहादुर सुनारको नाम सिफारिस गरेको छ, भने समानुपातिक तर्फ होमनाथ सापकोटाको नाम सिफारिस गरेको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य (क) को लागी प्रत्यक्षतर्फ दिपक जिएम, भगवती शाह र लक्ष्मि सिंह ठकुरी र समानुपातिक तर्फ मन कुमारी चन्द, सन्तबिर सुनार, खड्क बहाफुर रजाली र मकवुल खाँको नाम सिफारिस गरेको प्रदेश (ख) का संयोजक ऋषि पोखरेलले बताए ।
पोखरेलका अनुसार नेकपा एकीकृत समाजवादीले बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य (ख) प्रत्यक्षतर्फ इन्द्रबहादुर थापा, लाल बहादुर खत्री, भद्र प्रसाद देवकोटा र रुपा रावल तथ समानुपातिक तर्फ मकवुल अहमद कुरेसी, सरुप कादु, गौरिलाल कामी, रज्जव अलि हलवाई र राम कुमार कादुको नाम सिफारिस गरेको छ ।
प्रतिक्रिया