बालविवाह न्यूनिकरणमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया

कालिकोट । बालविववाह न्यूनिकरणका लागि स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाको भूमिका विषयक बृहत् अन्तरक्रिया मान्ममा सुरु भएको छ । बालविवाह न्यूनिकरणका लागि स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुको भूमिका विषयक बृहत् अन्तरक्रिया कार्यक्रमको मुख्य ३ उदेश्य रहेका छन् ।

कालिकोट जिल्लामा ब्याप्त बालविवाहको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा सम्बन्धि जानकारी गर्ने, बालविवाह सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी प्रावधान र प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह तथा नागरिक समाजको भूमिकाका बारे बुझाईमा एकरुपता ल्याउने र कालिकोट जिल्लालाई बालविवाह निषेधित जिल्ला बनाउनका लागि आगामी रणनीति तय गर्दै स्थानीय तहका प्रमुख तथा सरोकारवालामार्फत साझा प्रतिबद्धता तयार गर्ने उदेश्य यस बृहत् अन्तरक्रिया कार्यक्रमको रहेको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्टको सभा अध्यक्षता, संविधानसभा सदस्य तुलाराज विष्टको प्रमुख अतिथ्यता, जिल्ला समन्वय समितिकी उपप्रमुख मिना रावल, आठविस नगरपालिका दैलेखका नगरप्रमुख तर्क बडुवाल र रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीको विशेष आतिथ्यता तथा ९ वटै पालिकाका प्रमुख तथा प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र विषयगत शाखाका प्रतिनिधिको सहभागीतामा बृहत अन्तरक्रिया भएको हो ।

सेभ द चिल्ड्रेन, प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथ किर्डाक नेपाल, हुरेन्डेक नेपाल, सादा नेपाल, फेडो नेपाल, बालविवाहका विरुद्ध साझा अभियान सञ्जाल कालिकोट, आई, एन, एफ नेपालको साझेदारी र नेपाल पत्रकार महासंघ कालिकोटको आयोजनामा बृहत् अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा बालबालिकाहरूमा लगानी र बालविवाह न्यूनिकरणका विषयमा प्रतिबद्धतासहित निर्णय भएको छ । कार्यक्रमको सञ्चालन पत्रकार महासंघ कालिकोट सचिव खडानन्द अधिकारीले गरेका थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया