बैतडीमा दुई जना झुन्डिएको अवस्थामा मृत फेला

बैतडी । जिल्लामा दुई जना रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका ५ रातापोडका अन्दाजी २२ वर्षीय केशव दमाइ र अन्दाजी १८ वर्षीया किशोरी रमिता बिक खैरकोटमा रहेको भुवनेश्वरी मावि नजिक रुखमा सल (पछ्यौरी) झुन्डिएको अवस्थामा मृत फेला परेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।

दुबै जनाको शवलाई पोष्टमाटमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन ल्यादैछ । दुबै जनाको प्रेम सम्बन्धमा रहेको र उनिहरु छिमेकी रहेको स्थानीय नरेन्द्र साउदले बताए । मृतक रमिता भुवनेश्वरी माविमा कक्षा १० मा अध्यानरत थिइन् । स्थानीयहरुले बिहिबार साँझ दुबै जना रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया