बैतडी कारागारका १६ जना कैदीमा कोरोना पुष्टि

बैतडी । जिल्ला कारागार बैतडीमा १६ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार ४ जनाको पिसिआर परिक्षणबाट कोरोना पुष्टि भएको हो भने बिहीबार अन्य कैदीहरुको पनि एन्टीजेन बिधिबाट कोरोना परिक्षण गर्दा थप १२ जनामा कोरोना पुष्टि भएको कारागार प्रमुख धारा भण्डारीले बताइन् । ‘

बुधबार जिल्ला अस्पतलामा गरीएको पिसीआर परीक्षमा ४ जनामा पुष्टि भएको हो, त्यसपछि उनीहरुको सम्पर्कमा आएका थप ८९ जनाको एन्टीजेन परिक्षण गर्दा अन्य १२ मा कोरोना देखियो’, उनले भनिन् ।

कोरोना पुष्टि भएका १६ जनालाई छुट्टै राखिएको कारागार प्मुख भण्डारीले बताइन् । आजदेखि कैदीलाई भेटघाट गर्ने कार्यमा पनि रोक लगाइएको उनले बताइन् । ठाउँ अभावमाले बसाइ व्यवस्थापनमा पनि असहज भइरहेको उनले बताइन् ।

क्षमताभन्दा बढी कैदी

२५ जना कैदी अटाउने क्षमता भएको कारागारमा ९३ जना कैदीहरु रहेका छन् । क्षमताभन्दा झण्डै चार गुणा कैदीहरु रहेकाले बसाई ब्यवस्थामा पनि असहज हुने कारागार प्रमुख भण्डारीले बताइन् ।

‘अहिले कोभिड देखिएकाहरुलाई पनि कारागारको अलग कोठामा राखेका छाैँ, बसाईमा काचिएर बस्न परिरहेको छ’, उनले भनिन् । २०४० सालमा २५ जना कैदबिन्दी अटाउने भवन बनेकोमा त्यसपछि कुनै भौतिक संरचना बनेका छैनन् ।

बैतडीमा समुदायस्तरमै कोरोना फैलिएको छ । केहि दिनअघि भारतबाट आउनेहरुमा कोरोना देखिने गरेकोमा पछिल्लो समयमा जिल्लाभित्रै समुदायबाट चेकजाँचका लागि आउनेहरुमा कोरोना देखिने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया