शुभकालिकामा विपत् जोखिम व्यवस्थापन सम्बन्धी तालिम

कालिकोट । शुभकालिका गाउँपालिकामा विपत् जोखिम व्यवस्थापन र स्थानीकरण सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । बुधबार एक कार्यक्रमकाबीच उक्त तालिम कार्यक्रमको उद्घाटन गरिएको हो । युयसएआईडिको आर्थिक सहयोग, मर्सिकोर नेपालको नेतृत्व र मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटद्धारा संचालित भकारी परियोजनाको सहजिकरण तथा शुभकालिका गाउँपालिकाको आयोजनामा तालिम सुरु भएको हो । शुभकालिका गाउँपालिकाका अध्यक्ष गोबिन्दप्रसाद आचार्य, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीको विशेष उपस्थिति रहेको थियो ।

स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई बिपद् सम्बन्धी बनेका ऐन, कानुन तथा विपत् पूर्वतयारी सम्बन्धी जानकारी दिने उदेश्यले तालिमको आयोजना गरिएको हो । तालिम उद्घाटन समारोहमा बोल्दै शुभकालिका गाउपालिका वडा ५ का अध्यक्ष मिमबहादुर शाहीले बिपद् कुनै पनि बेला आउन सक्ने भएकाले विपतबाट बच्न पूर्वतयारी सम्बन्धी जानकारी लिनु आवस्यक रहेको बताए । उनले शुभकालिका गाउँपालिकाले बिपद् सम्बन्धी आवस्यक रणनिती बनाएर लागु गर्ने र नबनेका ऐन नियमहरु भकारी कार्यक्रम सँग सहकार्य गरेर अगाडी बढ्ने पनि बताए ।

बुधबारबाट तीन दिनसम्म चल्ने उक्त तालिममा शुभकालिका गाउपालिका ३ का अध्यक्ष प्रकासबहादुर शाही , वडा ४ का अध्यक्ष प्रदीप चौलागाई, वडा ६ का कार्यबहाक अध्यक्ष अनप्रसाद आचार्य लगाएत शुभकालिका गाउपालिकाका सम्पुर्ण शाखा प्रमुखहरु को सहभागिता रहेको थियो । तालिमको सहजिकरण भकारी कार्यक्रमका विपत् जोखिम व्यवस्थापन अधिकृत खेम खनाल, विपत् जोखिम व्यवस्थापन सुपरभाईजर तपेन्द्र शाही र तालिम प्रशिक्षक दिपेश आचार्यले गरेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया