बोल्न थाले रुस्दी

न्युयोर्क । गत साता अमेरिकाको न्युयोर्क राज्यमा एक कार्यक्रममा छुरा प्रहारमा परेका बेलायती लेखक सलमान रुस्दी बोल्न थालेका छन् ।

अनुसन्धानकर्ताहरूसँगको कुराकानीमा रुस्दी बोल्न थालेको कानून प्रवर्तन अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । गत शुक्रबार न्युयोर्क राज्यको चौताउवा इन्स्टिच्युसनको स्टेजमा छुरा प्रहार भएपछि रुस्दी अहिले अस्पतालमा उपचाररत छन् ।

कार्यक्रममको स्टेजमा पुगेर आक्रमणकारीले ७५ वर्षीय रुस्दीलाई हमला गरेका थिए । गम्भीर घाइते रुस्दीलाई आक्रमणकारीले शरीरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए । उनको शल्यक्रिया भएको थियो ।

कानून प्रवर्तक अधिकारीका अनुसार लेखक सोमबार होसमा थिए र उनी अनुसन्धानकर्ताहरुलाई जवाफ दिन सक्षम थिए । यद्यपि, विश्वलाई स्तब्ध पार्ने हमलाको सम्बन्धमा रुस्दीले अनुसन्धानकर्ताहरूलाई के भनेका थिए भन्ने कुनै उल्लेख छैन ।

प्रतिक्रिया