बँदेलको लागि थापेको पासोमा चितुवा फस्यो

बैतडी । बैतडीमा बँदेलको लागि थापेको पासोमा चितुवा फसेको छ । दशरत्थचन्द नगरपालिका– ४ बिनासौमा किसानले जंगली बँदेलका लागि थापेको पासोमा चितुवा फसेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए ।

बुधबार बिहान चितुवा पासोमा फसेको देखिएको थियो । पासोमा फसेको चितुवाको उद्धारका लागि बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विज्ञ टोली बोलाइएको कँडेलले बताए । उद्धार टोली आज साँझसम्म पुग्ने उनको भनाइ छ ।

अहिले प्रहरीले चितुवालाई घेरा हालेर सुरक्षा दिइरहेको छ । यसअघि श्रावण १४ गते मेलौली नगरपालिका– २ मा पनि जंगली दुम्सीका लागि थापेको पासोमा चितुवा फसेको थियो ।

सो चितुवा बँदेलका लागि थापेको पासोबाट निस्केर आक्रमण गर्दा एक जना स्थानीय घाइते भएका थिए । पछिल्लो समयमा बैतडीमा चितुवा र मानवबीच द्वन्द्व बढीरहेको छ एक दशकको अवधीमा चितुवाको आक्रमणमा परि बैतडीका २६ जनाले ज्यान गुमाएका छन् । जिल्ला पञ्चेश्वर, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिका चितुवा क्षेत्र हुन् ।

प्रतिक्रिया