गाजामा पाँच बालबालिकाको हत्यामा इजरायल जिम्मेवार !

गाजा सीटी । इजरायली रक्षा अधिकारीहरूले हालै गाजा स्ट्रिपमा घेरेर बमबारी गर्दा मारिएका पाँच प्यालेस्टाइनी बालबालिकाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको पुष्टि गरेका छन् । केही रक्षा अधिकारीहरूले इजरायली अखबार हारेट्जलाई बताएअनुसार अगस्ट ७ मा फलुजा चिहानमा भएको आक्रमणको बारेमा सेनाले अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानमा इजरायल दोषी पाइएको अन्तर्राष्ट्रिय समाचार संस्था मिडलइस्टआईले जनाएको छ ।
आक्रमणको समयमा इजरायली सेनाले उक्त घटनाको दोष एक इस्लामिक जिहाद रकेटमा लगाएको थियो ।

हजुरबुबाको चिहान छेउमा बस्ने क्रममा जमिल निजम जमील निजम–४, जमील इहाब निजम–१३, हमेद हैदर हमेद निजम–१६ र मोहम्मद सलाह निजम–१६ को हत्या भएको थियो । घटनामा अर्का एक १६ वर्षीय नाज्मी फयेज अब्दुलहादी अबुकार्शको पनि मृत्यु भएको थियो ।

तीन दिन इजरायली सेनाले गाजामा हवाई हमला गरेको थियो । जसमा १७ बालबालिकासहित ४८ जना मारिएको र कम्तीमा ३६० जना घाइते भएका थिए ।

प्रतिक्रिया