विद्यालयमा अक्षयकोष स्थापनाको लागि एक लाख रुपयाँ सहयोग

बझाङ । बझाङको सदरमुकाम चैनपुरमा रहेको बाालमन्दिर आधारभुत विद्यालयमा अक्षयकोष स्थापनाका लागि एक लाख रुपयाँ सहयोग भएको छ ।

अक्षयकोष स्थापनाका लागि जयपृथ्वी नगरपालिका– १० स्थानीय बालमन्दिर आधारभूत विद्यालयकी निवृत्त शिक्षक चन्द्राकुमारी जोशीले ‘चन्द्र कुमारी जोशी छात्रवृत्ति’ अक्षयकोष स्थापनाको लागि एक लाख रुपैयाँ हस्तान्तरण गरेको बालमन्दिर आधारभूत विद्यलायका प्रधानाध्यापक टेकबहादुर सिंहले जानकारी दिए ।

सिंहका अनुसार यस विद्यालयमा विगत लामो सयदेखि अध्यापन गराउँदै आएकी जोशी करीव ६ महिना अगाडि यस विद्यलायबाट निवृत्त भएको र जोशी विद्यालयमा रहँदादेखि नै गरिव तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै आएकी र आर्थिक अवस्था कमजोर विद्यार्थीका लागि अक्षयकोष स्थापना गरेको बताइन् ।

अक्षयकोषबाट प्रत्यक वर्ष आउने ब्याजबाट प्राप्त हुने रकम गरिब तथा जेहेन्दार विद्यार्थीहरको लागि दिइने उनले बताइन् ।

प्रतिक्रिया