भरुवा बन्दुकसहित गुरुङ पक्राउ

नुवाकोट । बेलकोटगढी नगरपालिका–४ पन्चासेबाट १ नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षीय सन्त बहादुर गुरुङ रहेका छन् ।

प्रहरी चौकी झिल्टुङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक लोड गरी बोकेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया