बिओकेका ग्राहकलाई मानसरोवर रिसोर्टमा छुट

काठमाडौ । बैंक अफ काठमाण्डू (बिओके) लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पश्चात् ग्राहकले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट मा उपलब्ध हुने सेवामा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिगको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । रिसोटले बाँकेको नेपालगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बिओकोले १ सय ३ शाखा कार्यालय, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिग सुविधा प्रदान गर्दै आईरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया