टानको अध्यक्षमा बाँस्तोला विजयी

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा निलहरि बाँस्तोला विजयी भएका छन् । सोमबार सम्पन्न अधिवेशन तथा निर्वाचनमा प्रतिस्पर्धी रामप्रसाद सापकोटा ‘कमल’, र बोधराज भण्डारीलाई हराउँदै निलहरि बाँस्तोलाले ७३५ ल्याएर विजयी भएका हुन्।

निलहरि बाँस्तोला समूहबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, सचिवमा होमनाथ भट्टराई र कोषध्यक्षमा पुरुसोत्तम तिमल्सिना निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा रामप्रसाद बन्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, र कृष्ण बहादुर निर्वाचीत भएका छन् । निर्वाचनमा भने ९५१ मत मात्र खसेको थियो ।

प्रतिक्रिया