‘हामी पहिलो पार्टी बन्छौं’

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनलाई बलियो बनाएर जानुपर्ने बताएका छन् । कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

देउवाले आफूले विशेष परिस्थितिमा सरकारको नेतृत्व लिएको बताउँदै महत्त्वपूर्ण उपलब्धि पनि हासिल भएको बताए । ‘हाम्रो ध्यान मंसिर ४ मा छ हामी पहिलो पार्टी बन्छौँ,’ उनले भने, ‘२०७४ सालमा गठबन्धनसँग हामी एक्लै लडेर पराजित भएका थियौँ । अहिले हामी गठबन्धनमा छौँ । यो देशको मालिक जनता हुन् । सबै साथीहरुलाई मिलाएर लैजान्छु । कसैलाई अन्याय हुन दिन्न । तपाईँहरु ढुक्क हुनुहोस् ।’

प्रतिक्रिया