विवेक र मोनिकालाई ‘मोडल हन्ट’ को उपाधि

काठमाडौं । नुवाकोटकी मोनिका अधिकारी र काठमाडौंका विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को उपाधि जितेका छन् । २६ प्रतिस्पर्धीपछि पार्दै अधिकारी महिलातर्फ र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुषतर्फको विजेता बनेका हुन् । उपाधिसहित दुवै जनाले पाँच लाख रुपैयाँ नगद बराबरको उपहार पनि जिते

। साथै, १ देखि १५ सेप्टेम्बरसम्म थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ र ‘मिस्टर अटुरिजम वल्र्ड’ मा क्रमशः महिला र पुरुषले नेपालको प्रतिनिधित्व गर्नेछन् । मोडल हन्ट नेपालको यो सातौँ संस्करण हो । सम्राट सिंह र मल्लिका फैजु फस्ट रनरअप स्मृति श्रेष्ठ र सुरज गोयन्का सेकेन्ड रनरअप चुनिए ।

प्रतिक्रिया