अदिती र धीरजको ‘बाबरी’ दसैँमा प्रदर्शन हुने

काठमाडौं । सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्म ‘बाबरी’को प्रदर्शन मिति सारिएको छ । भदौ ३१ गते प्रदर्शन गर्ने भनिएको फिल्म अब असोज १४ गते प्रदर्शन हुने भएको छ । प्राविधिक काम नसकिएको र असोज १४ को मिति खाली रहेकाले ‘बाबरी’ प्रदर्शन गर्न लागिएको निर्देशक पौडेलले बताए । यसअघि असोज १४ लाई ‘परदेशी २’ ले प्रदर्शन मिति तोकेको थियो । नारायण रायमाझीले निर्देशन गरेको फिल्म ‘परदेशी २’ फागुन ५ गते प्रदर्शन हुने भएपछि उक्त मितिमा ‘बाबरी’ आउन लागेको हो ।


त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा धीरज मगर, अदिती बुढाथोकी, धीरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलिप गुरुङलगायत कलाकारको अभिनय छ । निर्देशक पौडेलको कथा र सम्पादन रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् ।

प्रतिक्रिया