नागरिकता विधेयकको अबको बाटो, संसद वा समितिमा छलफल


काठमाडौं । सरकारले पेश गरेर दुबै सदनबाट पारित गरि प्रमाणीकारणका लागि राष्ट्रपतिकोमा पठाएको विधेयक आईतबार संसदमा फिर्ता भएको छ । यो फिर्ता भएपछि अबको बाटो के होला भन्नेमा अनेक प्रश्न उठेका छन् । राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाएको विधेयकमा प्रमुख प्रतिपक्ष लगायत केही दलको असहमति थियो। नागरिक समाज र बुद्धिजीवीहरुले समेत यसको बिरोध गरेका थिए। राष्ट्रपतिलाई भेटेर उनीहरुले बिधेयक सिधै प्रमाणीकरण नगर्न र फिर्ता पठाउन सुझाव दिदै आएका थिए।


राष्ट्रपतिले फिर्ता पठाएको विधेयकले कुनै संवैधानिक अड्चन नराखे ता पनि यसको सन्देश महत्वपूर्ण छ। इसले नेपालमा सरकारबिरोधी जनमत समेत बटुल्ने काम गर्न सक्छ । सो बिधेयक संसदको बैठकमा सभामुखले सुनाउनु पर्ने समेत प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ। त्यसपछि बिधेयक प्रस्तुतकर्ताले छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव राख्ने छ। त्यसो भएन भने संसदमा विधेयक पुनबिचार गरियोस भन्ने प्रस्ताव पेश हुने छ। त्यसपछि अन्य विधेयक सरह नै यसले बाटो समाउछ।

प्रतिक्रिया