प्रदेश सांसद कुर्मिद्वारा सिरिसिया सडक शिलान्यास

पर्सा । पर्सा क्षेत्र नम्बर २ को (ख) का मधेस प्रदेशसभा सदस्य रमेश कुर्मीले सडकको शिलान्यास गरेका छन् ।

मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार विकास कार्यालय पर्साद्वारा सिरिसिया बोर्डर ड्राईपोर्ट, अठराहा सुगौली, बिर्ता अपौनीमा निर्माण हुने सडकको आइतबार एक कार्यक्रमबीच प्रदेशसभा सदस्य कुर्मीले शिलान्यास गरेका हुन् ।

शिलान्यास पश्चात् आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य कुर्मीले निर्माण हुने यो सडकको कार्यमा सम्पूर्ण सिरिसिया बासीले निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनिलाई सहयोग गर्न आग्रह गरे ।

उनले सडक निर्माणको बेला कसैको अलिकति जग्गा सडकमा पर्यो भनेर विरोध नगर्न सिरिसिया बासिहरुसँग आग्रह गरे ।

लालबाबु प्रसाद कुर्मीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा डा. महेश्वरप्रसाद कुर्मी, सुमित रौनियार, पारसप्रसाद कलवार, विश्वनाथ राउत कुर्मी लगायत स्थानीयको सहभागीता रहेको थियो ।

प्रतिक्रिया