काठमाडौंलाई वडाध्यक्ष किन चाहियो ?

अनुषा थापा

काठमाडौंको फोहोर उठाउने जिम्मा मेयरको जस्तो मात्र भए वडाध्यक्ष किन चाहियो ? आफ्नो वडाको फोहोर व्यवस्थापन गर्ने दायित्व वडाध्यक्षकै हो । वडाको सरसफाइ पनि वडाध्यक्षकै जिम्मेवारी हो । वडाध्यक्षहरू हात बाँधेर बस्ने अनि मेयरको खुट्टा तानेको तान्यै गर्ने । यदि हरेक वडा चहारेर मेयरले काम गर्ने हो भने वडाध्यक्ष किन चाहियो ? बेकारमा राज्यको सम्पत्ति किन दोहन गर्ने ?

फोहोर व्यवस्थापन राजधानी काठमाडौंको अहिलेको जटिल समस्या हो । फोहोर उठ्न नसकेको महिनौँ बितिसकेको छ । काठमाडौंलाई सफा बनाउने मुख्य एजेन्डाका साथ बालेन्द्र साहले जनतासँग भोट मागेका थिए । आफ्नो पार्टीको उम्मेदवारलाई छाडेर जनताले स्वतन्त्र उम्मेदवार बालेन्द्रलाई चुनाव जिताए । तर अहिले बालेन्द्रको समूह प्रश्न गर्दै छ, काठमाडौं महानगरपालिकाको फोहोर नउठ्नु मेयर बालेन्द्र साहको मात्र कमजोरी हो ? फोहोर उठाउने जिम्मेवारी उनकै मात्र हो ? कि त प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र शहरी विकासमन्त्री भेटमणि चौधरीको पनि हो ?

काम त गर्न खोजेको थिएँ, तर अवरोध उत्पन्न भयो भन्ने स्पष्टोक्ति काठमाडौंका अहिलेसम्मका सबै मेयर तथा उनका समर्थकहरूको साझा प्रवृत्ति हो यो । यस्ता प्रश्न सुन्दा सुन्दा कान टट्टाइसकेका छन् । यस्तो गर्छु उस्तो गर्छु भनेर जनतासँग भोट लिने तर चुनाव जितिसकेपछि फलानोले काम गर्न दिएन, तिलानोले अवरोध ग¥यो, ढिस्कानो कानुनले समस्या बनायो भन्ने प्रवृत्ति यतिबेला बालेन्द्र तथा उनको समूहमा मात्रै देखिएको होइन । यो प्रवृत्ति विगतदेखिकै निरन्तरता हो ।

बालेन्द्रका समर्थकहरू भन्दछन्, ‘उपमेयर सुनिता डंगोल एमालेबाट छिन् तर गर्ने केही होइनन् । एक्लो भएको मौका छोपेर अनेकथरी माफियाहरूले बालेन्द्रलाई शिथिल बनाएका छन् । यता, बालेन्द्रले काम गर्न पनि नदिने अनि दोष मात्र लगाउने । नगरसभाको बैठकमा बालेन्द्रलाई एक्लो पारेर बोल्नसमेत दिँदैनन् । झोले वडाध्यक्षहरूले उनको एउटा कुरा पनि टेर्दैनन् अनि कसरी अघि बढ्ने ?
सुझाव माग्यो भने विवाद गर्न खोज्ने पार्टीगत वडाध्यक्षहरूकै कारण पनि फोहोर उठाउन सकस परेको हो । यता, नुवाकोटको बञ्चरेडाँडामा आन्दोलन गर्ने र फोहोर लैजान नदिने पनि झोले कार्यकर्ता नै हुन् । बञ्चरेडाँडाको स्थानीय उचाल्नुमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीको ठूलो हात छ । सहयोग कसैले नगर्ने अनि एक्लै यत्रो महानगरको फोहोर उठ्छ ? बालेन्द्रलाई सिध्याउनका लागि पूरै गिरोह नै मिलेका छन् ।

काठमाडौंको फोहोर उठाउने जिम्मा मेयरको जस्तो मात्र भए वडाध्यक्ष किन चाहियो ? आफ्नो वडाको फोहोर व्यवस्थापन गर्ने दायित्व वडाध्यक्षकै हो । वडाको सरसफाइ पनि वडाध्यक्षकै जिम्मेवारी हो । वडाध्यक्षहरू हात बाँधेर बस्ने अनि मेयरको खुट्टा तानेको तान्यै गर्ने । यदि हरेक वडा चहारेर मेयरले काम गर्ने हो भने वडाध्यक्ष किन चाहियो ? बेकारमा राज्यको सम्पत्ति किन दोहन गर्ने ?

त्यसो हो भने पार्टीबाट आएका सबै वडाध्यक्षले सामूहिक राजीनामा दिनुप¥यो, जे जे काम छ सबै मेयरले नै गर्छन् । समन्वय गरेर काठमाडौंवासीलाई सहजता बनाइदिनुको साटो कसरी निचा देखाउने भन्ने मात्र छ । यता, उपमेयर डंगोलको कसैले नाम पनि लिएको सुनिँदैन । जतिबेला पनि त्यही बालेन्द्रले केही काम गरेन भन्यो अरूको टाउकोमा दोष थुपा¥यो । मेयर मात्र होइन, उपमेयर र वडाध्यक्ष पनि काम गर्न असफल भएका छन् ।

अरूमाथि जुठो छर्केर आफू चोखो बन्ने काम काठमाडौंका वडाध्यक्ष र उपमेयरले नगरे नै बेस होला । स्वतन्त्रले जितेको प्रतिशोध साँधेर एउटा व्यक्तिलाई कतिसम्म नंगाउने खोज्ने ? अर्कोचोटीबाट जनताले स्वतन्त्रको नाम नलिइयोस् भनेर यस्तो रणनीति बनाएको स्पष्ट बुझिन्छ । तर, आफ्नो कारणले सर्वसाधारणले कति दुःख पाएका छन्, झोले उपमेयर र वडाध्यक्षले बुझेनन् ।

हिजो ठूलो कुरा त उपमेयर र वडाध्यक्षले पनि गरेका थिए । खोइ त नतिजा ? एक प्रतिशत पनि केही विकास भएको छैन भने यिनीहरूकै कारणले फोहोर पनि उठ्न सकेन । काम गर्छु भनेर पाइला अघि सारेका व्यक्तिलाई झोले कार्यकर्ताहरूले रोक लगाएका छन् । मेयरमा पछारिएका एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहको बालेन्द्रलाई असफल पार्न ठूलो हात छ ।

अर्कोचोटि आफ्नो पार्टी आओस् भन्ने स्वतन्त्रलाई थिचोमिचो गर्ने काम भइरहेको छ । जनता सडकमा ल्याएर त्यत्रो आन्दोलन गर्न लगाउने पनि चुनाव हारेका व्यक्तिहरू नै हुन् । पदका लोभीहरूले मुलुक सखाप पार्ने निश्चित छ । यता, निवर्तमान उपमेयर हरिप्रभा खड्गीले एउटा कार्यक्रममा आफूहरूको सल्लाहबिना मेयरलाई हल्लिन पनि नदिने बताएकी थिइन् ।

उनी को हुन् ? यसअघिको असफल र नालायक उपमेयर । आफू पदमा बसुञ्जेल एउटा सिन्को भाँच्ने काम पनि गरिनन् । यिनीहरूको पालामा पनि सडकको फोहोर यस्तै थियो । बालेन्द्रले पटकपटक बैठक बोलाएर फोहोर कसरी व्यवस्थापन गर्ने भनेर सुझाव मागिरहेका छन् । तर, सुझाव दिन पनि ¥याल काढ्ेको देखिन्छ । तत्कालीन मेयर विद्यासुन्दर शाक्य र हरिप्रभा खड्कीले त्यति पनि गरेनन् ।

फोहोरकै कारणले महामारी फैलिने अवस्था सिर्जना भएको छ । जनतालाई बाटो हिँड्न पनि धौधौ परेको छ । यस्तोमा पनि पार्टीकै बारेमा सोच्नु, उसकै निर्देशनको आधारमा चल्नु कतिसम्म लज्जास्पद विषय हो । काठमाडौंवासीले पनि फोहोर उठाउन पहल गर्नुपर्ने भएको छ । आफ्नो सहर सुन्दर चाहिएको छ भने जनताले पनि आवाज उठाउनुपर्छ । होइन भने केही दिनपछि घरबाट बाहिर ननिस्किए पनि हुन्छ ।

यता, पार्टीको पछि लागेर आरोप प्रत्यारोप गर्ने वडाध्यक्षहरूलाई राम्रो सवक सिकाउनुपर्छ । अबको चुनावमा कांग्रेस र एमालेलाई कसैले पनि भोट दिनु हँुदैन । यिनीहरूकै कारण काठमाडौं ध्वस्त भयो । बालेन्द्रको पार्टी भनेकै जनता हो । जनताले नै उसलाई साथ दिएन भने कसरी सहर सफा र सुन्दर हुन्छ ? अझै पनि पार्टीकै कार्यकर्ता बनेर सोच्ने हो भने रााजधानीको हाल बेहाल हुन्छ ।

अस्तिकै नगरसभाको बैठकमा बालेन्द्रलाई बोल्न पनि दिइएन । उनलाई वडाध्यक्षहरूले प्याकप्याकी बनाए । सबै आरोप उनीमाथि पनि खन्याएर अरू सबै पन्छिए । यिनीहरूको योजना बालेन्द्रलाई भित्तामा पु¥याएर छाड्ने थियो जसमा उनीहरू सफल हँुदै गएका छन् । तर, काठमाडौंको हाल के हुन्छ ? यो यिनीहरूले देखेका छैनन् । तत्कालीन मेयर र उपमेयरले महिनौँ दिनदेखिको फोहोर बालेन्द्रलाई सुम्पिएर गएका थिए ।

अरूको पालाको फोहोर उठाउने ठेक्का पनि उसकै हो ? काठमाडौंका जनताले समेत यतिखेर बालेन्द्रलाई साथ दिएको देखिँदैन । उसले पटकपटक फोहोर वर्गीकरण गर, फोहोर व्यवस्थापन गर्न ठाउँको खोजी नभएसम्म घरमा राख भनेर आग्रह गर्दा पनि कोही सुन्न चाहँदैनन । आफ्नो घर सफा चाहिनेलाई सडकचाहिँ किन नचाहिएको होला ? जनता आफैँ पनि अलिकति जिम्मेवार भइदिए पनि राजधानीको फोहोर उठाउन त्यति अप्ठ्यारो पर्दैन ।
अब बालेन्द्रले फोहोरको जिम्मेवारी छोडिदिए पनि हुन्छ । वडाध्यक्षले नै फोहोर व्यवस्थापन गर्नुपर्ने निर्णय उनले गर्नुपर्छ । राजधानी सुधार्नु मेयरको मात्र जिम्मेवारी होइन । वडाभित्रको समस्या समाधान गर्नु वडाध्यक्षको कर्तव्य हो । त्यसैले मेयर अब आफैँ सतर्क हुनुप¥यो । किनकि वडाध्यक्षले जानाजान विवादमा ल्याउन खोजेका छन् । यता, बञ्चरेडाँडाका स्थानीयहरू दहीचिउरे भए ।

कि त फोहोर नै फाल्न नदिने भनेर अडान लिनुप¥यो । होइन भने कहिले फाल्न दिने भन्ने कहिले सडकमा उत्रिने । विभिन्न माग राख्ने अनि आएको पैसा ल्यामल्युम पार्ने । त्यसपछि फेरि आन्दोलन गर्ने । अडानमा टेकेपछि सरकारले पनि केही गर्न सक्दैन । जनता मारेर फोहोर फाल्ने कुरा त आउँदैन । बञ्चरेडाँडाका स्थानीयहरू प्नि पैसामा बिके । फोहोरका कारणले उनीहरूलाई समस्या परेको सबैले बुझेका छन् तर छिनमै कुरा फेर्नु त भएन ।

अब फोहोर व्यवस्थापन अझै जटिल हुन्छ । आफ्नो घरबाट निस्केको फोहोर आफैँले जिम्मा लिने भनेर सरकारले नीति ल्याउनुप¥यो । उत्पादनकर्ताले नै फोहोर व्यवस्थापन गर्नु परेपछि त सबैको चेत खुल्ला । सरकारले फोहोरको जिम्मा लिनु नै घाँडो बनेको छ । काठमाडौंका बासिन्दा आफू घर बनाउने, भाडामा लगाउने अनि बञ्चरेडाँडाका जनतालाई दुःख दिने । मोज आफूहरू गर्ने अनि सास्ती अरूलाई दिने ।

काठमाडौंका बासिन्दा सामन्ती सोचाइका छन् । आफ्नो काम भए अरूको के मतलब भन्ने खालका मानिसहरू बस्ने ठाँउ हो यो । बञ्चरेडाँडाको जस्तो समस्या आफूलाई परेको भए पो थाहा हुन्थ्यो । आफू मन्त्री पदबाट हटेको आवेगमा आएर रामकुमारी झाँक्रीले पर्दाभित्र बसेर बञ्चरेडाँडाका जनता उचालेको कुरा सुन्नमा आइरहेको छ । मन्त्री पदको मोह झाँक्रीमा कति छ ? अहिले पनि स्पष्ट देखिन्छ ।

०७९ जेठ २७ गते झाँक्रीले अब काठमाडौंको फोहोर उठ्छ । उनीहरूको माग पूरा गरेको र फोहोर उठाउनमा कुनै अवरोध नहुने भनेर उनले दाबी गरेकी थिइन् । तर, खोइ त ? अहिले पनि काठमाडौंको फोहोर जस्ताको त्यस्तै छ । अहिलेको सहरी विकासमन्त्री चौधरीले केही काम गर्न नसक्ने हो भने उनले पनि राजीनामा दिए हुन्छ । महानगरभन्दा ठूलो जिम्मा सहरी विकास मन्त्रालयको हो ।

सहर व्यवस्थित बनाउने, फोहोर उठाउने र सफासुन्दर बनाउने पनि मन्त्रालयकै मातहतमा पर्दछ । न घर बनाउन नयाँ मापदण्ड नै ल्याउन सके । आफू आएको एक सय दिनको उपलक्ष्यमा पत्रकार सम्मेलन गरेर फाइफुर्ति लगाउने काम भयो । प्रश्न उठेको छ, आखिर उनले गरेचाहिँ के ? फोहोर ज्यूँका त्यूँ छ । सहर हेर्दै घिनलाग्दो देखिन्छ । नेकपा एकीकृत समाजवादीबाट आएका मन्त्रीहरू सबै उस्तै रहेछन् ।

केही काम नगर्ने, तलबभत्ता खाने र सरकारी गाडी चढ्ने । एउटा सिन्को पनि नभाँच्ने मन्त्री जति सबै समाजवादीकै छन् । यिनीहरूलाई पार्टीले तत्कालै फिर्ता बोलाउनुपर्छ । यिनकै कारणले समाजवादी तहसनहस हुने निश्चित छ । तर बालेन्द्र र उनको समूहले एउटा कुरा बुझ्नै पर्छ । राजनीति भनेकै एउटाको खुट्टा अर्काले तान्ने फोहरी खेल हो । आपूm सत्तामा आउन अर्कालाई विस्थापित गर्नै पर्छ । बालेन्द्र पनि अरू पार्टीलाई विस्थापित गरेरै महानगरमा सत्तारूढ बनेका हुन् । उनलाई विस्थापित गर्न अरू लाग्नु राजनीतिको नियम नै हो । त्यसैले फलानोले सहयोग गरेन, ढिस्कानोले अवरोध ग¥यो भनेर उम्कन मिल्दैन । यस्ता अवरोध निरन्तर हुन्छन् । यस्ता अवरोध चिर्न सक्नु नै योग्यता हो । चरा झैँ आकाशमा उड्छु त भनेकै हो नि, तर पृथ्वीको गुरुत्वाकर्षणले अवरोध पु¥यायो भनेर गिडगिडाउनुको कुनै तुक रहन्न । सक्नेले त विमान बनाएर देखाएकै छन् नि ।

प्रतिक्रिया