उपत्यकामा भारी वर्षा : सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क हुनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भएकाले अझै तीन घण्टा यो क्षेत्रमा सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ।

‘पछिल्लो ३-६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, बागमती, बिष्णुमती जलाधारको धेरै स्थानमा मध्यम-भारी बर्षा भएको, सबै नदीमा जलसतह बढ्दो छ’, महाशखाले जारी गरेको सूचनामा भनिएको छ, ‘मनोहरामा जलसतह सतर्कता आसपास सम्म पुग्न सक्छ। अर्को ३ घण्टा नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाऔं।’

प्रतिक्रिया