बझाङमा अदालत अगाडिकै पसलमा चोरी

बझाङ । बझाङको सदरमुकाम चैनपुर रहेको किरण किराना पसलमा चोरी भएको हो । सदरमुकाम चैनपुरको जिल्ला अदालत अगाडि रहेको पसलमा शुक्रवार राति चोरी भएको हो । पसलका सञ्चालक डम्बरबहादुर सिंहका अनुसार पसलमा रहेका करिब ५० हजार भन्द बढी र रिचार्ज नगत अन्य मालसामन गरि १ लाख भन्दा बढीको चोरी भएको पसले डम्बरबहादुर सिंहले बताए ।

सिंहले भने, ‘पसलमा विक्रि भएको सबै पैँशा रिचार्ज कार्ड यसै गल्लामा राखेको थिए, सबै चोरले लगेको छन । अरु त्यस्तै हो ।’ जिल्ला अदालत अगाडि रहेको पसलमा चोरी हुनु अचम्मको कुरा भएको उनले बताए । त्यस्तै अर्का व्यापारीले भने, ‘यो नगरपालिकामा नगरप्रहरी पनि दस बाह्र जना छन् त के गर्नु नगरपालिकाले बिनाकाम पालेर राखेको छ कुनै काम नै छैन् ।’

वडा प्रहरी कार्यालयका प्रहरीहरु साँझ आठ नबज्दै पसल बन्द गर्नुहोस, हल्ला नगर्नुहोस् भनेर आउने गरेको तर पसल चोरी हुँदा समेत थाहा नपाएको आरोप उनको लगाए । जिल्ला प्रहरी कार्यालय बझाङले भने अदालत अगाडि नै चोरी हुनु लज्जावोध भएको र सक्दो प्रयास गर्ने गरेको बताएको छ।

प्रतिक्रिया